SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

अचानकको हडतालपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

एजेन्सी । इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टादेखि अवरुद्ध भएको हवाई सेवा बिहीवार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारीहरूको अचानकको हडतालका कारण बन्द भएको विमानस्थल सेवा व्यवस्थापन पक्ष र कर्मचारी युनियनबीचको वार्तापछि सुचारु भएको इजरायल विमानस्थल प्राधिकरणले जनाएको छ ।