SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

इसेवाको अर्को ठूलो उपलब्धि, पीसीआई डिएसएसको अन्तर्राष्ट्रिय मान्यता

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआई डिएसएस) भर्सन ४.०.१ को प्रमाणीकरण प्राप्त गरेको छ। कम्पनीका अनुसार यो उपलब्धिले भुक्तानी डाटा सुरक्षाप्रति इसेवाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। पीसीआई डिएसएस भुक्तानी कार्डसम्बन्धी डाटा सुरक्षित गर्न स्थापित विश्वव्यापी सुरक्षा मापदण्ड हो।