३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप लामिछाने
नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी–२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् ।
