रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैन : विश्लेषक सुवेदी
अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा पूर्ण रूपमा बाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिएका छन् । विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल ‘मगन्ते’ बनेर हिँड्न नहुनेमा जोड दिँदै सुवेदीले आन्तरिक स्रोत र निजी क्षेत्रको पुँजी परिचालन गरेर पुनर्निर्माण अघि बढाउन सकिने बताए ।
