SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

सरकार फेरिए तर युवाको बाध्यता फेरिएन, विदेशिने युवाको लर्को उस्तै

नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन । पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए ।