SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य ९३०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघिको कारोबार दिन बुधबार छापावाल सुन ३ लाख चार हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।