मोबाइलको कभर फेर्दा प्रहरीका सइ बने १० लाखका विजेता
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सइ) तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा साउन महिनाको दोस्रो १६ दिनको उपहार घोषणा गरेको हो।
