SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए ।