प्रहरी र महिलाको भिडियो भाइरल प्रकरणमा दोषीलाई कारबाही गर्न सांसद तामाङको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा प्रहरी र एक महिलासँग सम्बन्धित फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।
