SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।