SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् ।