SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

१५औं महाधिवेशन प्रक्रिया रोक्न कांग्रेस इतर पक्ष सर्वाेच्च अदालत जाने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन प्रक्रिया अघि बढाएपछि इतर पक्ष त्यसविरुद्ध सर्वाेच्च अदालत जाने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ मात्र १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् ।