३५ अर्बको ६ महिने निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब बराबरको छ महिने निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।
