SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

बैंकको कर्मचारी बनेर ओटीपी लिई रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । बैंकका कर्मचारी भएको बहाना बनाएर ग्राहकबाट ओटीपी (वन टाइम पासवर्ड) लिएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बैंकिङ विवरणको दुरुपयोग गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।