SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।  विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको हो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार प्रदेशसभामा दर्ता गराइसकेका छन् । उनी नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री बनेका हुन् ।