रास्वपा संसदीय दलको बैठक बस्दै, सरकारको कामबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा सरकारको काम र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
