देशभर मासु जाँच ऐन लागू गर्दै सरकार, मंसिरदेखि उपत्यकाबाट सुरुवात
काठमाडौं । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने तयारी गरेको छ । उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट ऐन कार्यान्वयन गर्न लागेको हो ।
