SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०२:२२ AM · 1 मिनेट पढाइ

तोकिएको मूल्यभन्दा बढीमा सामान बेचेपछि ओलीज स्टोरलाई २ लाख जरिवाना

नेपालमा एप्पल लगायत अन्य प्रिमियम ब्रान्डका ग्याजेट बिक्री गर्दै आएको स्टोर ‘ओलीज स्टोर’ कारबाहीमा परेको छ । तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।