आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
