SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

बर्डफ्लू संक्रमणका कारण काभ्रेमा ९० हजार पन्क्षी नष्ट

काठमाडौं । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्‍याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् ।