SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित ८ जना विदेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति दुई छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमारी र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।