SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, भदौ २४ गते गाउँ–नगरको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् । सार्वजनिक कार्यतालिकाअनुसार गाउँ–नगरको वडा अधिवेशन भदौ २४ गते हुँदा गाउँ–नगर अधिवेशन भदौ २७ र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुने भएको छ ।