SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

स्कुलबाट फर्कँदै गरेका ४ बालिकालाई खोलाले बगायो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाउँदा एक जनाको शव फेला परेको छ । एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् । निर्मल माध्यमिक विद्यालय हेटौंडा–१९ मा अध्ययनरत उनीहरूलाई आज पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो ।