SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एसिया कप २०२५ मा घरेलु टिम युएइको पहिलो जित

काठमाडौं : एसिया कप २०२५ मा घरेलु टिम युएइले पहिलो जित दर्ता गरेको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा युएइले ओमानलाई ४२ रनले पराजित गरेको छ।युएईस्थित अबुधाबीको जइद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।  युएइले दिएको १७३ रनको विजयी लक्ष्य पछाएको ओमान १८.४ ओभरमा १३० रन बनाउँदै अलाउट भयो। ओमानका लागि आर्यन बिस्टले सर्वाधिक २४ रन बनाए उनले ३२ बलमा २ चौका प्रहार गरे।