SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

धम्जामा चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ ।