SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

इटहरीका नागरिकलाई नोबेल अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट

काठमाडाैं । इटहरी उपमहानगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।