SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

भद्रपुर । झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ । नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो ।