SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको हो । गाउँका बाँझो जग्गाको खोजी गर्ने र स्थानीयको सहयोगमा स्थानीय लोपोन्मुख खेतीलाई जगेर्ना गर्नेकाम पालिकाले अघि सारेको छ ।