SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेवेले जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकता अनुकूल नभएको बताए ।