अस्पतालको भवन तयारः उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ ।
