आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरेका छन् ।
