भोटेकोशी बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व
महोत्तरी । भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव बिष्टका दिन रुँदै बित्दैछन् ।
