खुले बैंक तथा वित्तीय संस्था
काठमाडौं : काठमाडौं उपत्यकामा आंशिक रुपमा बैंक तथा वित्तीय संस्था खुलेका छन्। सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि आंशिक रुपमा बंक तथा वित्तीय संस्था खुलेका हुन्।राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको छ ।
