SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

नयाँ सरकारले शक्तिशाली कानुन बनाएर देशको सम्पत्ति जलाउनेलाई कारबाही गरोस् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको सम्पत्ति जलाउनेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। बिहीबार भिडियो सन्देश जारी गरेर महामन्त्री थापाले शक्तिशाली आयोग बनाएर भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका हुन्।'नयाँ सरकारले शक्तिशाली कानुन बनाएर छानबिन गर्नुपर्छ। ममाथि पनि छानबिन गर्नुपर्छ। अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ। तर, भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारबाहीमा गर्नैपर्छ,' उनले भनेका छन्।