जेनजी आन्दोलनमा गोरखाका ३ युवाको मृत्यु
गोरखा : जेनजी आन्दोलनका क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा गोरखाका तीन युवाले सहादत पाएका छन् । ३० भन्दा धेरैको मृत्यु भएकामध्य गोरखाका तीन जना रहेका हुन्।सोमबार पहिलो दिन भएको विरोध प्रदर्शनमा बारपाक सुलीकोट गाउँपालिका-५ नारेश्वरडाँडाका, गण्डकी गाउँपालिका-४ ढाबेका र पालुङ्टार-३ बर्देडाँडाका तीन युवाले सहादत प्राप्त गरेका मृतकका आफन्तहरूले जानकारी दिएका छन्।बारपाक सुलिकोट ५ नारेश्वरडाँडा निवासी २२ वर्षका विमल भट्टले संसद भवनअघि गोली लागेर सहादत पाएका उनका आफन्त सुजन भट्टले बताए।
