SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

एमालेले भन्यो- राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ

काठमाडौं : नेकपा एमालेले राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ। मुलुकका विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सचिवालयको ८ बुँदे धारणा सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्। उनले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्वोधन गरिनुपर्ने बताए।