SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

बृहत् नागरिक आन्दोलनले भन्यो- राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ले बाटो पहिल्याउनुपर्छ

काठमाडौं : बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ। आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ।