जेन्जीका नाममा गैर–जेन्जीहरूको हुकुम चलिरहेको छः शंकर पोखरेल
काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले मुलुकमा जेन्जीका नाममा गैर–जेन्जी समूहको ‘हुकुम’ चलिरहेको टिप्प्णी गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्ति निर्माणमा लागेका भनिएका व्यक्तिहरूसमेत गैर–जेन्जी समूहबाटै शासित र निर्देशित देखिएको टिप्पणी गरेका छन् ।
