डडेल्धुरा कारागारबाट भागेका ४५ कैदीबन्दी पुनः पक्राउ
डडेल्धुरा : जेनजी आन्दोलन भन्दै बुधबार बिहान डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ मध्ये ४५ कैदीबन्दीहरु पुनः पक्राउ परेका छन्। नेपाल प्रहरी र सेनाले भागेका कैदीबन्दी लाई जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएका हुन्। जिल्ला कारागार डडेल्धुराका जेलर सन्तोष भट्टका अनुसार बुधबार ३३ र बिहीबार १२ जना गरी ४५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। अझै २८ जना कैदीबन्दीहरु फरार रहेको उनले बताए।
