संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछु : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी गराएका छन् । आज एक अपिल जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्शमा रहेको बताएका हुन्। उनले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदान खोज्ने बताएका हुन्।
