SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

नवलपरासीमा ५ जना कैदीबन्दी सम्पर्कमा आए, फर्केर आउन प्रशासनको आह्वान

परासी : नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये आज (बिहीबार)सम्म ५ जना सम्पर्कमा आएका छन्।  ५७६ कैदीबन्दी रहेको कारागारमा २९ जना भागेका थिएनन्। भागेका ५४७ मध्ये आजसम्म ५ जना सम्पर्कमा आएको कारागार कार्यालयका प्रमुख विकल श्रेष्ठलेले जानकारी दिए।  उनका अनुसार अझै ५४२ सम्पर्कमा आएका छैनन्।  प्रशासनद्वारा फर्किन आह्वानकारागारबाट भागेका कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रशासनले आह्वान गरेको छ।