SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

परिवारले पर्खिरहेको छ श्रीमयको शव

विराटनगर : जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मोरङ लक्ष्मीमार्गका १८ वर्षीय श्रीमय चौलागाईंको मृत्यु भयो। तर, शव अहिलेसम्म परिवारले पाएको छैन। जेनजी आन्दोलनका सहिद श्रीयमको परिवार अहिले असह्य पीडा र शोकमा डुबेको छ। उनको मृत्यु भएसँगै परिवारमा ठूलो बज्रपात पर्‍यो। उनी सोमबार बिहान कलेजबाट वासस्थान काँडाघारी फर्कंदै गर्दा आफ्नी बहिनीलाई ‘म केहीबेरमा फर्कन्छु’ भनेर बानेश्वरमा ओर्लिए।