SHARE
अन्नपूर्ण · शुक्रबार​ २७ भौ २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

संसद विघटन, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता मागविरुद्ध संघर्षमा उत्रिने पूर्व विद्यार्थी नेताहरूको चेतावनी

काठमाडौं : पूर्व विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरूले विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन्।