SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

९६ प्रतिशत सकियो धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत सम्पन्न

चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६.०६ प्रतिशत हो ।