अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले हर्मुज जलमार्गमा अमेरिकाले इरानका सर्तहरू पूर्ण रूपमा स्वीकार गरेपछि मात्र पुनः सञ्चालनमा आउने जनाएको छ । यद्यपि, इरान र ओमानले उक्त महत्वपूर्ण समुद्री मार्गका लागि नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको बताएका छन् ।
