उद्योग मन्त्रालयको अपिल- १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह
उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ। ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको सचिवालयले जनाएको छ। यसै क्रममा भक्तपुरबाट कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको पनि जनाएको छ।
