SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

बढेन लगानीकर्ताको मनोबल, सेयर बजार घटेको घट्यै

काठमाडौं : यसबेला लगानीकर्तामा भरोसा र आत्मबल बढेको देखिँदैन। सेयर बजारमा सुधार ल्याउन सरकारले केही प्रयास त गरेकै हो तर लगानीकर्ताको खस्किएको मनोबलका कारण सेयर बजार घटेको घट्यै छ।भनिन्छ– देशको अर्थतन्त्र लय कतातिर जाँदैछ, त्यसको संकेत सेयर बजारले दिन्छ। देशको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने संकेत हुँदा सेयर बजार उकालोतिर लाग्छ भने अर्थतन्त्रमा कुनै सुधार नहुने अवस्थामा ओरालो यात्रामा लाग्छ।साउनको तेस्रो सातामा नेप्से १ दिन मात्रै बढ्यो भने ४ दिनै घट्यो।