SHARE
पर्दाफास · शनिबार २३ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

रेशम चौधरी भन्छन्- पहिचान माग्दा जेल र हतकडी पाइयो

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे।