SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

साउनको जलदेखि लोकको मनसम्म

साउन कसरी भगवान् शिवजीको प्रिय महिना भयो ? योभन्दा पूर्व शिवबारे चर्चा गरौं। शिवबारे रोचक कथा छ। एकपटक सृष्टि रचयिता ब्रह्मा र संसारका पालनकर्ता श्रीहरि विष्णु प्रश्नको उत्तर खोजिरहेका थिए, ‘आखिर शिव के हुन् ?’ ब्रह्माले विष्णुसँग भने, ‘म उनको शिर खोज्छु, तपाईं उनको पाउ खोज्नुस्।’ हजारौं वर्षसम्म विष्णु शिवजीको खोजमा अत्यन्त गहिराइसम्म पुगे। ब्रह्मा शिवको शिर खोज्दै धेरै माथिसम्म पुगे, तर दुवै पत्ता लगाउन असफल भए।