SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्। स्वर्गीय श्यामबहादुर कार्कीको १९ औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन्। उनले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने उल्लेख गरे।